कन्ये च्याउको छोयला
कन्ये च्याउको छोयला
- 5 years ago


चाहिने सामग्री
१. च्याउ १ के.जी.
२. सुकेको खुर्सानी पेस्ट २५ ग्राम
३. तोरीको तेल भुटेको ५० एम.एल.
४. मेथी १० ग्राम
५. अदुवा पेस्ट १ चम्चा
६. लसुन पेस्ट १ चम्चा
७. जिरा धुलो (पाउडर) १ चम्चा
८. बेसार पाउडर १ चम्चा
९. हरियो लसुन ५० ग्राम
१०. धनिया चप १५ ग्राम
११. नुन स्वाद अनुसार
१२. गोलभेडा १०० ग्राम
बनाउने विधि:
च्याउलाई पोल्ने, गोलभभेडालाई पोल्ने, पोलेको च्याउलाई सफा भाडोमा राख्ने, सुकेको खुर्सानी, अदुवा, गोलभेडा, लसुनको पेस्ट राख्ने, जिरा धुलो राख्ने, हरियो लसुन राख्ने, धनिया चप राख्ने र माथीबाट बेसार राख्ने र तोरीको तेलमा मेथी झान्ने र बेसारमा झान्ने, नुन राखेर मोल्ने,मोलीसकेपछि छोइला तयार भयो ।