कन्ये च्याउ फ्राई
कन्ये च्याउ फ्राई
- 5 years ago


चाहिने सामग्री
१. च्याउ १ के. जी.
२. मैदा १०० ग्राम
३. कागती रस २ चम्चा
४. खुर्सानी धुलो १ चम्चा
५. जिरा धुलो १ चम्चा
६. मिट मसला १ चम्चा
७. बल्याक पेपर १/२ चम्चा
८. तेल १ लि.
९. नुन स्वाद अनुसार
१०. अदुवा, लसुन पेस्ट १, १ चम्चा
बनाउने विधि
च्याउलाई सफा गर्ने, सफा भाडोमा माथिको सम्पूर्ण सामानहरु, मसलाहरु मिलाउने र पानी थोरै राखेर लेदो हुने गरी फिट्ने र च्याउलाई राखी मोल्ने र कराई बसाल्ने तेल तातेपछि च्याउलाई थोरै थोरै गरी फ्राई गर्ने ।