कन्ये च्याउको अचार

- 5 years ago


चाहिने सामग्री
१. च्याउ १ के. जी.
२. सेतो तिल १०० ग्राम
३. कागतीको रस २ चम्चा
४. खुर्सानीको धुलो १ चम्चा
५. बेसार धुलो १ चिया चम्चा
६. तोरीको तेल ६० एम्.एल.
७. मेथी १० ग्राम

८. हरियो खुर्सानी २५ ग्राम

९. नुन स्वाद अनुसार

बनाउने विधि:
च्याउलाई उसिन्ने र पानी तर्काउने, तिललाई भुटेर पिस्ने, तोरीको तेलमा मेथी झान्ने माथी उल्लेखीत गरीएका सामानहरु मिसाएर मोल्ने ।