परिचय
                        नेपालमा आज भन्दा करिब ३५ वर्षदेखि निरन्तर रुपमा च्याउ खेती हुँदै आइरहेको छ । यद्यपि विश्वमा च्याउ खेतीको अत्याधुनिक विकास एव प्रवद्र्धन भएता पनि नेपालमा भने हाल सम्म पनि कुनै प्रकारको आधुनिक विकास हुन सकेको छैन । जसको कारण च्याउ खेतीको व्यवस्थित विकास एव गुणस्तरीय च्याउको उत्पादन र निरन्तरता हुन सकेको छैन । यहि विषयमा मध्य नजर राखेर बलम्बु च्याउ सहकारी स स्था लि. ले नेपालमा च्याउ खेतीको विकास तथा प्रवद्र्धन गर्नको लागि वि.स . द्दण्ठण् सालमा यस च्याउ अनुसन्धान तथा तालिम केन्द्र (MRT) को स्थापना गरेको हो ।

MRT को उद्देश्य तथा कार्यक्रमहरु

  1. आधुनिक च्याउ खेतीको विकास गर्ने
  2. नयाँ प्रजातिको च्याउको अध्ययन तथा अनुसन्धान गर्ने
  3. गुणस्तरिय बीउको अध्ययन तथा अनुसन्धान गर्ने
  4. च्याउ खेती सम्बन्धी तालिम दिने ।
  5. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्याउ खेती सम्बन्धी गोष्ठी, सेमिनार, प्रदर्शन लगायत विविध कार्यक्रमहरु आयोजना गर्ने ।
  6. च्याउ खेती सम्बन्धी सर–सल्लाह, प्राविधिक सहयोग तथा खेती प्रविधि सम्बन्धी परामर्श दिने