११ औं स्थापना दिवस सम्पन्न


- posted on 18 Mar

बलम्बु च्याउ सहकारी संस्था लि.को ११ औ स्थापना दिवस यहि चैत्र १ गते शनिबार बलम्बुमा सम्पन्न भयो । विक्रम संवत २०६५ साल चैत्र १ गतेबाट संचालनमा आएको यस संस्था ११ वर्ष पुरा गरि १२ औं वर्षमा टेकेको हो । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष श्री मिनराज कँडेलको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका नयाँ कार्यक्रमहरु घोषणा गरिएको थियो । संस्थाले आगामि २०७७ वैशाख महिना भित्र मोबाइल बैङ्किङ तथा संस्थाको भिसा कार्ड(एटिएम कार्ड)को सुविधा सुरु गर्ने जानकारी दिएको छ । जेष्ठ सदस्य तिर्थस्थल भ्रमण कार्यक्रम अन्तर्गत भ्रमणमा गएका सदस्यहरुको फोटो यसै कार्यक्रममा वितरण गरेको छ । आफ्नो ११ औं स्थापना दिवसको अवसरमा फाल्गुण ३० गते मातातिर्थ वृद्धाश्रममा गई भोजनदान गरेको थियो । साथै यस संस्थाका जेष्ठ सदस्य श्री काजी श्रेष्ठ ज्युलाई यस कार्यक्रममा सम्मान गरेको थियो ।